गृहपृष्ठ परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग शनिबार बिहान भेटवार्ता गरेका छन् । वार्तामा दुई देशबिचको सम्बन्ध तथा आपसी सहयोगको विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत स‌ंयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीबार दिल्ली गएका हुन् । शुक्रबार सम्पन्न आयोगको बैठकमा कोरोना खोप र नेपाल-भारतबीचको समसामयिक विषयमा उक्त बैठकमा छलफल भएको थियो । मन्त्री ज्ञवाली आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु