गृहपृष्ठ प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन : आचार्य

प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन : आचार्य

संविधानविद भीमार्जुन आचार्यले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि बहस गर्ने क्रममा आइतबार उनले भने, ‘बहुमतको प्रधानमन्त्रीलाई त संसद विघटन गर्ने अधिकार संविधानले दिँदै दिँदैन । विगतका संविधानमा विघटन गर्न दिने व्यवस्था थियो तर अहिले यसलाई रोकिएको छ।’

विगतमा संविधानमा व्यवस्था हुँदाहुँदै पनि अदालतले संसद विघटन नै उल्ट्याइदिएको नजिर उनले प्रस्तुत गरे । ‘विगतमा संवैधानिक व्यवस्थाअनुसार नै संसद विघटन गरिँदा पनि अदालतले उल्ट्याएको छ, अहिले त संविधानले नै दिएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले राजनीतिक मुद्दा भन्न पाउनुहुन्छ तर संसद विघटन असंवैधानिक छ ।’

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु