गृहपृष्ठ बालविवाहमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

बालविवाहमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

arrest_पक्राउ_news karobar

हनुमाननगर कंकालिनि नगरपालिका- १४, रामपुरमा बालविवाह गर्ने/गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु