गृहपृष्ठ संसद विघटनसम्बन्धी मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

संसद विघटनसम्बन्धी मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

सर्वोच्च अदालतमा जारी संसद विघटनसम्बन्धी मुद्दाको सुनवाइ आज पनि ‘हेर्दाहेर्दै’मा टुंगिएको छ ।बहसका क्रममा अधिवक्ताहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नै नभएको वकालत गरे ।

मंगलबार रिट निवेदकको तर्फबाट शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले बहस गरेका छन् । ज्ञवालीले बहस गर्दागर्दै मुद्दा हेर्दाहेर्दैमा राखिएकाले भोलि पनि बहसको सुरुवात उनैबाट हुनेछ । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासमा भइरहेको छ। बहस भोलि पनि निरन्तर हुनेछ ।

मंगलबार बहस गरेका अधिवक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए । ‘पदका लागि व्यवस्था मास्‍न नमिल्ने’ तर्क गर्दै उनीहरूले  प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताए ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु