गृहपृष्ठ प्रतिनिधिसभा विघटन मुद्दा : इजलासले तोक्यो बहसको समयसीमा
प्रतिनिधिसभा विघटन मुद्दा : इजलासले तोक्यो बहसको समयसीमा
प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूउपर आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आजदेखि इजलासले बहसको लागि ३० मिनेटको समयसीमा तोकिएको छ । यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन ।
‘आजदेखि हामीले समय निर्धारण गरेका छौं, समयभित्रै रहेर बहस गर्नुहोला तपाईंको लागि आधा घन्टा समय छ, बहस सुरू गर्नुहोस्,’ आज रिट निवेदकका तर्फबाट पहिलो बहस वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने । एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन् ।
रिट निवेदकका तर्फबाट साढे ३ सय वकिलले बहसका लागि निवेदन दिएका छन् । यति धेरै जनाले लामो-लामो बहस गर्दा धेरै समय लाग्ने भन्दै इजलासले समय तोकेको हो । संवैधानिक इजलासमा आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । प्रधान न्यायाधीश जबरासहितको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
प्रकाशित समय १३:२४ बजे

















