गृहपृष्ठ पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु