गृहपृष्ठ घरबाट भागेका देवर-भाउजूको ‘रहस्यमय’ मृत्यु
घरबाट भागेका देवर-भाउजूको ‘रहस्यमय’ मृत्यु
घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका- ८ का देवर-भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा ‘रहस्यमय’ मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर-भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आँकलन गरिएको छ ।
‘भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।’ देवर-भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।
‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परेँ भन्थे,’ डीएसपी थापाले भने, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’ प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ । (रासस)
प्रकाशित समय १३:०३ बजे

















