गृहपृष्ठ चाबहिलको सडकमा फस्यो ट्रक (१० तस्बिरमा हेर्नुहोस्)

चाबहिलको सडकमा फस्यो ट्रक (१० तस्बिरमा हेर्नुहोस्)

काठमाडौँको चाबहिल सडकको खाल्डोमा फसेको मालबाहक ट्रक । चाबहिलबाट गोपीकृष्ण हलतर्फ करिब सय मिटर अगाडि सडकको बीच भागमा रहेको खाडलमा ना. ६ ख २७९६ नम्बरको ट्रक फसेको हो ।

आइतबार बिहान ११ बजे फसेको ट्रक निकाल्न जेसीबी प्रयोग गरे पनि नसकिएको सहायक प्रहरी निरीक्षक जीवनाथ खतिवडाले बताए । ट्रक निकाल्न क्रेन मगाउनुपर्ने अवस्था आएको भन्दै उनी चालकसँग समन्वय गरिरहेका थिए । वीरगन्जबाट मसला बोकेको ट्रक चाबहिल आएको हो ।

चुच्चेपाटीदेखि चाबहिल चोक हुँदै ओम हस्टिपल अगाडिसम्म र चाबहिल चोकदेखि गौशालासम्मको यो सडक कालिका कन्सट्रक्सनले निर्माण अवधिभन्दा ढिला गरी हालैमात्र बनाइसकेको हो । सडक डिभिजन कार्यालय काठमाडौँबाट २२ करोडमा ठेक्का पाएर बनाएको सडक कतिपय ठाउँमा खाडलै छाडिएको भने कतिपय ठाउँमा भत्किसकेको छ । अहिले सडकको बीच भागमा कालोपत्रे गर्न बाँकी रहेको भागमा ट्रक फसेको हो । ट्रक बीच सडकमा फसेपछि चाबहिल क्षेत्रमा जाम बढेको छ ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु