गृहपृष्ठ थप २१३ जनालाई कोरोना पुष्टि, २९६ जना डिस्चार्ज
थप २१३ जनालाई कोरोना पुष्टि, २९६ जना डिस्चार्ज
बितेको २४ घण्टामा कसैको मृत्यु भएको छैन
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण गर्दा देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार काठमाडौं उपत्यकामा थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौंमा १०७, भक्तपुरमा ६ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ रहेको छ । यसमध्ये ११३ जना क्वारेन्टिनमा छन् । हाल देशभर १४६ जना कोरोना संक्रमितको आईसीयूमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार बिहीबार देशभर २९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । बितेको २४ घण्टामा कसैको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार २० जनाको ज्यान गइसकेको छ ।
प्रकाशित समय १७:३८ बजे

















