गृहपृष्ठ सिनामंगलबाट १२ जना जुवाडे पक्राउ

सिनामंगलबाट १२ जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरेलगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार ११० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु