गृहपृष्ठ संवैधानिक निकायमा नियुक्ति पाएका ३२ जना को-को हुन् ? (सूचीसहित)
संवैधानिक निकायमा नियुक्ति पाएका ३२ जना को-को हुन् ? (सूचीसहित)
विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति निवासमा पद तथा गोपनियताको सपथ लिएका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा ३२ जनालाई नियुक्त गरेकी हुन् ।
पुस ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । तर, माघ ५ गते प्रतिनिधिसभा विघटन भएपछि संवैधानिक व्यवस्थाअनुसार परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुको संसदीय सनुवाइ हुन सकेको थिएन । संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीमा भने नियुक्ति सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ ।

प्रकाशित समय १४:०१ बजे

















