गृहपृष्ठ थप १४२ जनामा कोरोना पुष्टि, २०६ जना डिस्चार्ज
थप १४२ जनामा कोरोना पुष्टि, २०६ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार २०६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ । हाल देशभर २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ ।
प्रकाशित समय १६:५२ बजे

















