गृहपृष्ठ बन्द हड्ताल रोक्न राष्ट्रिय व्यापार संघको अपिल

बन्द हड्ताल रोक्न राष्ट्रिय व्यापार संघको अपिल

नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको बन्द हड्तालको राष्ट्रिय व्यापार संघले विरोध जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव वैकुण्ठ दाहालद्वारा जारी विज्ञप्तिमा यस्ता बन्द हड्तालका कार्यक्रम रोक्न अपिल गरेको हो । कोरोना माहामारीले अस्तव्यस्त बजार भर्खरै उठ्न लागेको बेलामा पुनः राजनीति दलकाका बन्द हड्तालले टाउकोमा नै हान्न खोजेको आभाष भएको विज्ञप्तिमा जनाएको छ ।

‘पछिल्लो समयमा देखापरेका राजनैतिक घटनाक्रमले आम व्यवसायीमा वितृष्णा पैदा गराएको र व्यवसायीलाई पलायनतर्फउन्मुख गराउन खोजेको महशुस भइरहेको छ । यसतर्फ सचेत भइ आम राजनैतिक दलले बन्द, हड्ताल, र्याली, धर्ना जुलुसजस्ता व्यावसायिक वातावरण बिथोलिने कार्यक्रम नगर्न संघ सबै राजनैनिक दलहरुलाई अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

अहिले उत्पन्न भएको बिषम परिस्थितिलाई धर्ना जुलुस र बन्दका माध्यबाट समाधान खोजिनुभन्दा पनि वार्ता र छलफलका माध्यमबाट अबलम्बन गर्न व्यापार संघले माग गरेको छ ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु