गृहपृष्ठ खेतबारी खन्ने क्रममा १८५ राउण्ड गोली फेला
खेतबारी खन्ने क्रममा १८५ राउण्ड गोली फेला
उर्लाबारी नगरपालिका- १, लक्ष्मीझार बस्ने दल बहादुर लिम्बुको खेतबारीबाट ७.६२ MM को १ सय ८५ राउण्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
लिम्बुले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोका पारी माटो मुनी गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:१८ बजे

















