गृहपृष्ठ सेनाले दुई सय सेकेण्ड लेफ्टिनेन्ट पदमा भर्ना खुलायो

सेनाले दुई सय सेकेण्ड लेफ्टिनेन्ट पदमा भर्ना खुलायो

नेपाली सेनाले अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’ पदका लागि भर्ना खुलाएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो ।

खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ । आजैदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।

हेर्नुहोस् सूचना :

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु