गृहपृष्ठ प्रचण्ड-माधव समूहको आमहड्ताल साँझ ६ बजेपछि अन्त्य हुने

प्रचण्ड-माधव समूहको आमहड्ताल साँझ ६ बजेपछि अन्त्य हुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आजका लागि घोषणा गरेको एकदिने  आमहड्ताल साँझ ६ बजे अन्त्य हुने भएको छ । संघर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने भएको हो ।

आमहड्तालको कार्यक्रम साँझ ६ बजेसम्मका लागि मात्रै कार्यान्वयन हुने प्रवक्ता श्रेष्ठले बताए । संवैधानिक आयोगमा जबर्जस्ती नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको रफ्तार तीव्र रुपमा अघि बढेकाले त्यसविरुद्ध आमहड्ताल गर्नुपरेको श्रेष्ठको भनाइ छ ।

सरकारले बुधबार विभिन्न संवैधानिक निकायमा पदाधिकारीहरू नियुक्त गरेपछि आकस्मिक बैठक गरेर प्रचण्ड-नेपाल पक्षले हड्ताल घोषणा गरेको थियो । हड्तालका क्रममा केही स्थानमा सवारीसाधनमाथि तोडफोड भएका छन् ।

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु