गृहपृष्ठ सभामुख सापकोटाद्वारा दायर रिटको सुनुवाइ आज
सभामुख सापकोटाद्वारा दायर रिटको सुनुवाइ आज
विभिन्न संवैधानिक निकायमा गरिएको पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा दर्ता गराएको रिटउपर आज सुनुवाइ हुँदैछ । गत शुक्रबार दायर भएको रिटको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।
रिट निवेदनमा राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष, मुख्यसचिव तथा विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।
सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३२ जनालाई नियुक्ति दिएका थिए ।
नेकपासहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाज समेतले नियुक्तिकाे विराेध गरिरहेका छन् । कानुन व्यवसायीहरूले पनि नियुक्ति बदरको मागसहित सर्वोच्चमा निवेदन दिएका छन् ।
प्रकाशित समय १२:३२ बजे

















