गृहपृष्ठ साताको पहिलो दिन सुनको मूल्य ६ सय रूपैयाँ बढ्यो
साताको पहिलो दिन सुनको मूल्य ६ सय रूपैयाँ बढ्यो
साताको पहिलो दिन आइतबार सुनको मूल्य ६ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
शुक्रबार सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ४० रूपैयाँ वृद्धि भएर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित समय ११:५२ बजे

















