गृहपृष्ठ बैतडीमा बाबुले गोली प्रहार गर्दा छाेरीको मृत्यु

बैतडीमा बाबुले गोली प्रहार गर्दा छाेरीको मृत्यु

death-newskarobar

पुर्चौडी नगरपालिका-३ न्वादेउ बस्ने २० वर्षीय बेलमती महरा धामीको गोली प्रहारबाट शनिबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । उनकै बाबु सोही नगरपालिका-१० बिजयपुर महरागाउँ बस्ने ६९ वर्षीय धन बहादुर महराले भरूवा बन्दुकबाट गोली प्रहार गर्दा बेलमतीको मृत्यु भएको हो ।

धन बहादुर र उनकी श्रीमती ५० वर्षीय पार्वती महराबीच सामान्य बिवाद भएपछि छुट्याउन गएकी बेलमतिलाई धनबहादुरले गोली प्रहार गरेका थिए । घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बन्दुक सहित फरार धन बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु