गृहपृष्ठ गोरखामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

गोरखामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

death-newskarobar

सुलीकोट गाउँपालिका-५ दुकुर्नेस्थित सडकमा ग।१ ख ७५८८ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ३२ वर्षीय लाल बहादुर बरामको आइतबार बेलुका मृत्यु भएको छ । टिपरबाट झर्ने क्रममा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बरामको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु