गृहपृष्ठ उत्तराखण्ड बाढी : ११ शव फेला, २ सय अझै बेपत्ता, केहीको जीवितै उद्धार

उत्तराखण्ड बाढी : ११ शव फेला, २ सय अझै बेपत्ता, केहीको जीवितै उद्धार

भारतको उत्तराखण्ड प्रदेशस्थित तपोवन क्षेत्रमा आइतबार हिमताल फुटेर आएको भीषण बाढीमा बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ । दुई सय जना अझै बेपत्ता छन् । केहीलाई भने जीवितै उद्धार गरिएको छ ।

धौलिगंगाको ऋषिगंगा पावर प्रोजेक्टको सुरुङमा अझै ३५ जना फसेको हुनसक्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । बाढीले सो प्रोजेक्टको बाँध फुटाएको थियो । हाल सो क्षेत्रमा उद्धार भइरहेको बताइएको छ । जोखिममा रहेका आसपासका बस्तीबाट स्थानीयहरूलाई राज्य सरकारले सुरक्षित क्षेत्रमा सारेको छ ।

सुरुङ क्षेत्रमा अझै मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् । तपोवनको ९०० मिटर लामो सुरुङमा उद्धारकार्य आइतबार रातभर पनि जारी रहेको उत्तराखण्डका प्रहरी प्रमुख अशोक कुमारले बताएका छन् ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु