गृहपृष्ठ गोली हानेर छोरीको हत्या गर्ने व्यक्ति ४ दिनपछि पक्राउ

गोली हानेर छोरीको हत्या गर्ने व्यक्ति ४ दिनपछि पक्राउ

बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई चार दिनपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । छोरीको हत्या गर्ने पुर्चौडी नगरपालिका- १० का धनसिंह महरालाई मंगलबार  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायण प्रसाद अधिकारीले बताए ।

घटनापछि गोली लोड गरेको बन्दुकसहित फरार भएका महराले भोलिपल्ट फर्केर आफ्नै घरमा आगजनी गरेका थिए । उनले गत माघ २४ गते साँझ भरुवा बन्दुकले गोली प्रहार गरेर २० वर्षीया  छोरी बेलमतीको हत्या गरेका थिए । महरा र उनकी कान्छी श्रीमतीबीच झगडा हुँदा माइती आएकी बेलमती छुट्याउन अघि सरेकी थिइन् । सोही क्रममा उनीमाथि बावुले गोली चलाएको बताइएको छ ।

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु