गृहपृष्ठ प्रचण्ड-माधव पक्षको सचिवालय बैठक बस्दै
प्रचण्ड-माधव पक्षको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा अहिलेसम्मका आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ दल नेकपा दुई खेमामा विभाजित भएको छ । एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । दुवै समूहले शक्ति प्रदर्शनको रूपमा आमसभाहरू गरिरहेका छन् ।
प्रकाशित समय १३:२८ बजे