गृहपृष्ठ बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ
बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा सुस्ता गाउँपालिका- ५, चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दुर्गेशले सोही ठाउँस्थित खेतमा लागि बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १७:५२ बजे