गृहपृष्ठ महाकाली नदीको टापुमा फसेका १६ जनाको सकुशल उद्धार

महाकाली नदीको टापुमा फसेका १६ जनाको सकुशल उद्धार

फाइल तस्बिर ।

भिमदत्त नगरपालिका- १२, भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु