गृहपृष्ठ डा. गोविन्द केसीद्वारा २०औँ सत्याग्रहको घोषणा

डा. गोविन्द केसीद्वारा २०औँ सत्याग्रहको घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध डा. गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गरेका छन् । डा. केसी फागुन १२ गतेदेखि अनसन बस्ने भएका हुन् । यसअघि चिकित्सा शिक्षा क्षेत्रमा सुधारको मागसहित उनी १९औँ पटक अनसन बसिसकेका छन् । डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन् । संसद पुनःस्थापना, संवैधानिक निकायमा भएको नियुक्ति खारेजी र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै उनी अनसन बस्न लागेका हुन् ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु