गृहपृष्ठ एनआईसी एसिया बैंकका ग्राहकले ‘डेबिट कार्ड’ अनलाइनमार्फत् ब्लक गर्न सक्ने

एनआईसी एसिया बैंकका ग्राहकले ‘डेबिट कार्ड’ अनलाइनमार्फत् ब्लक गर्न सक्ने

डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एनआईसी एसिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा सार्वजनिक गरेको छ ।

ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतूले बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भी डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त आइसर्भीभित्र कार्ड सर्भिसमा क्लिक गरी सेवाग्राहीले आफ्नो खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाइ गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहकलाई एसएमएसमार्फत खबर गर्ने व्यवस्थासमेत छ । यस सुविधाले ग्राहकलाई सहज रुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

ग्राहकलाई विभिन्न अनलाईन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको आइसर्भी डिजिटल सेवा (जततउकस्ररष्कभचखभ।लष्अबकष्बदबलप।अयm) लाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको छ । डिजिटल बैंकिङ्गको सुनौलो अनुभवका निमित्त बैंकले हाल आएर आइसर्भीलाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहकसामु ल्याएको छ । यसमार्फत् मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसका अलावा बैंकले आफूलाई पूर्ण रुपले ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीतिअनुरुप निकट भविष्यमा सम्पूर्ण बैंकिङ सुविधाहरू आइसर्भीमार्फत गर्ने लक्ष्य लिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्नका लागि बैंकले पछिल्लो पटक अनलाईनमार्फत बैंकिङ सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डले जानकारी दिए ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु