गृहपृष्ठ पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । उनी उपचारका लागि शुक्रबार बिहान दिल्ली गएका हुन् ।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नियमित स्वास्थ्य परीक्षणका लागि खनाल दिल्ली गएको जानकारी दिएका छन् । दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुनेछ । चार दिन दिल्लीमा रहने नेता खनालले कुनै राजनीतिक भेटघाट गर्ने सम्भावना नरहेको उनको सचिवालय जनाएको छ ।
प्रकाशित समय ११:५६ बजे