गृहपृष्ठ सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
हिजो ४ सयले घटेको सुनको मूल्य आज पनि घटेको छ । शुक्रबार सुनको मूल्य ६ सय रूपैयाँले घटेको हो । आज छापालाल सुनको प्रतितोला मूल्य ९० हजार ९ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबारका लागि तेजावी सुनको मूल्य ९० हजार ४ सय कायम गरिएको छ ।चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढेर १३ सय २० पुगेको छ ।
प्रकाशित समय १२:१९ बजे

















