गृहपृष्ठ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिक-३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका-५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु