गृहपृष्ठ प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले विरोधका कार्यक्रमलाई थप अगाडि बढाउने भएको छ । आइतबार दिउँसो २ बजे  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानकारी गराउने सो समूहको तयारी छ ।

प्रचण्ड-माधव पक्षले काठमाडौंसहित बुटवल, धनगढी, विराटनगर, सुर्खेत लगायतका सहरमा विरोध सभा गरिसकेका छन् । तेस्रो चरणको विरोध सभाअन्तर्गत जनकपुरमा सभा गर्ने तयारी गरिएको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठसहित नेताहरू योगेश भट्टराई र पम्फा भुसालले विरोधका थप कार्यक्रमबारे पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु