गृहपृष्ठ १०३ ग्राम भालुको पित्तसहित संखुवासभाका युवक पक्राउ

१०३ ग्राम भालुको पित्तसहित संखुवासभाका युवक पक्राउ

बुढानिलकण्ठ नगरपालिका ७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालिका २ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिन भवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्तसहित फेला पारी पक्राउ गरेको हो । बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु