गृहपृष्ठ सोमबारको विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपील
सोमबारको विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपील

घर-घरबाट सहभागिता जनाएर प्रतिनिधि सभा विघटन विरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । सोमबारका लागि तय भएको विरोध प्रर्दशनमा सहभागी हुन देउवाले सबैलाई आग्रह गरेका हुन् ।
काग्रेसको जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गर्ने भएका छन् । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको छ । यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो ।
प्रकाशित समय १७:२४ बजे