गृहपृष्ठ पार्टीभित्रैबाट समानान्तर सत्ताको अभ्यास भएपछि संसद विघटन गरेँ : प्रधानमन्त्री

पार्टीभित्रैबाट समानान्तर सत्ताको अभ्यास भएपछि संसद विघटन गरेँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गरिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् । पार्टीभित्रैबाट अनवश्यक निहुँ खोजेर काम गर्न नदिएको उनको भनाइ छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको मुख्य भवनको पुनर्निर्माणपछि सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दल नेकपाबाट सरकारलाई निर्णय गर्न नदिने काम भएको बताए । उनले आफ्नो पार्टीका शीर्ष तहमा रहेका केही नेताको महत्वकांक्षा र कुण्ठाका सरकारको कामकाजमा समस्या आएका कारण संसद विघटनको विकल्पमा जानुपरेकाे तर्क गरे ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु