गृहपृष्ठ पाकिस्तान र अष्ट्रेलियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
पाकिस्तान र अष्ट्रेलियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गरेका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति थियो ।
प्रकाशित समय १७:४३ बजे