गृहपृष्ठ राष्ट्रिय महिला लिग : एपीएफ उपाधिनजिक

राष्ट्रिय महिला लिग : एपीएफ उपाधिनजिक

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लब उपाधिनजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ ले गोलले पराजित गरेपछि एपीएफको उपाधि सम्भावना थप बलियो बनेको हो । उपाधिका लागि अब एपीएफलाई एक जित मात्र आवश्यक छ ।

खेलको ६९औं मिनेटमा आत्मघाती गोलमार्फत एपीएफले अग्रता लिएको थियो । पुलिसको बराबरीका लागि ७५औं मिनेटमा अमृता जैशी गोल फर्काइन् । रबिना गोलले ८६औं मिनेटमा गोल गरेपछि एपीएफको विजय सम्भव भयो ।

शीर्ष स्थानमा रहेको एपीएफले १० खेलबाट ३० अंक जोडेको छ । समान खेल खेलेको आर्मी २५ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको वालिङको १० खेलमा १४ अंक छ । चौथो स्थानको पुलिस क्लबको पनि समान १४ अंक नै छ । विराटनगरको १३ र चन्द्रपुरको ६ अंक रहेको छ भने चौदण्डीगढीले कुनै अंक जोड्न सकेको छैन ।

तस्बिरहरू : एन्फाको फेसबुक पेज ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु