गृहपृष्ठ संसद विघटन मुद्दामा आजदेखि एमिकस क्युरीले राय दिने

संसद विघटन मुद्दामा आजदेखि एमिकस क्युरीले राय दिने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सोमबार सकिएसँगै मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ । सुरुमा पक्षको बहस दुई हप्ता भएपछि सरकार पक्षले प्रतिरक्षा बहस गरेको थियो । त्यसपछि रिट निवेदकको तर्फबाट वकिलहरुले प्रतिउत्तर बहस गरेका थिए ।

एमिकस क्युरीको बहसपछि फैसलाको तयारी हुनेछ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेपछि त्यसको विरोध हुँदै आएको छ । त्यसपछि विघटविरुद्ध परेका रिटमाथि हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा सुनुवाई हुँदै आएको छ ।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु