गृहपृष्ठ संयुक्त आन्दोलनबारे कांग्रेस र जसपासँग कुराकानी भइरहेको छ : प्रचण्ड

संयुक्त आन्दोलनबारे कांग्रेस र जसपासँग कुराकानी भइरहेको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनबारे छलफल भइरहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुराकानी भएको प्रचण्डले बताएका छन् । ‘रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइरहेको छ । छिट्टै संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उनले भने । अवैधानिक चुनाव नगर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु