गृहपृष्ठ अवैध लागूऔषधसहित पक्राउ
अवैध लागूऔषधसहित पक्राउ
नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेको छ । पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कालागाउँ बस्ने २७ वर्षीया सृजना थापा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १२:५१ बजे

















