गृहपृष्ठ अत्यधिक गर्मीले महोत्तरीमा महिलाको मृत्यु
अत्यधिक गर्मीले महोत्तरीमा महिलाको मृत्यु
महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका–८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको हो ।
अाइतबार बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए । (रासस)
प्रकाशित समय १८:४१ बजे

















