गृहपृष्ठ प्रेस चौतारी र सेन्टरबीच एकता प्रक्रिया अघि बढ्यो

प्रेस चौतारी र सेन्टरबीच एकता प्रक्रिया अघि बढ्यो

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता प्रक्रिया सुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठक बसी पार्टीको निर्देशनअनुसार एकता प्रक्रिया सुरू गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले जानकारी दिए । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा दुई जनाको समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिले चाँडै नै कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउनेछ । यसैगरी, एकता प्रक्रिया टुंग्याउनका लागि आवश्यक सुझाव लिनका लागि दुबै संगठनको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । जेठ ३१ गते प्रेस चौतारी र असार १ गते प्रेस सेन्टरको बैठक बोलाइएको प्रेस चौतारीमा महासचिव राईले जानकारी दिए । बैठकमा प्रेस चौतारी इन्चार्ज तथा तत्कालीन नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रेस सेन्टरका इन्चार्ज तथा तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, एमाले प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर पाठकको सहभागिता थियो । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तीन महिनाभित्र सबै भ्रातृ संगठनको एकता प्रक्रिया टुंग्याउने निर्देशन दिएको छ । (रासस)

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु