गृहपृष्ठ घरमै पाइने यी ९ खानेकुरा खाँदा बढ्छ यौन इच्छा

घरमै पाइने यी ९ खानेकुरा खाँदा बढ्छ यौन इच्छा

खानेकुराको सन्तुलन मिलेन भने मानिसले अनेक किसिमको सास्ती बेहोर्नुपर्ने हुन्छ । कसैलाई शारीरिक त कसैलाई मानसिक समस्या आइपर्छ ।
चिन्ता, डिप्रेशन, थकानलगायत समस्या मानसिक समस्या हुन् भने मोटोपन, शारीरिक समस्या, यौनरोय इत्यादि चाहिँ शारिरीक समस्या हुन् । यीमध्ये यौनसम्बन्धी समस्याले मानिसलाई शारीरिक र मानसिक दुबै तरिकाले गाँज्न सक्छ । त्यसैले खानेकुरामा विशेष ख्याल गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिने गरेका छन् । खानाको असन्तुलनले पछिल्लो समय खासगरी मानिसकाे यौनइच्छामा ह्रास आइरहेको विभिन्न अध्ययनले देखाएका छन् । यसै सन्दर्भमा विभिन्न अध्ययन र चिकित्सकका सुझाव अनुसार यहाँ के कुरा खाँदा यौनइच्छा बढ्छ भन्ने कुरा बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
१. गाजर
गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ, जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।
२. पालुङगो
पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्त प्रवाह समेत बढाइदिन्छ ।
३. ब्रोकाउली
यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउँछ । यो समग्र स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
४. भिन्डी
भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ, जसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्या हटाउँछ र यौनक्षमता बढाउँछ ।

५. प्याज
प्याजको नियमित सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्र्धनमा सहयोग गर्छ ।
६. लसुन
लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीको संकुचन प्रवाह रोक्छ ।

८. गान्टेमूला
गान्टेमूलामा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमता बढाउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्छ ।
९. गोलभेँडा
गोलभेँडा सेवनले पुरुषलाई प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । गोलभेँडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ ।

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु