गृहपृष्ठ काठमाडौंको धर्मस्थलीमा खोलाले बगाएर एकजनाको मृत्यु
काठमाडौंको धर्मस्थलीमा खोलाले बगाएर एकजनाको मृत्यु
सांकेतिक तस्बिर
काठमाडौंको धर्मस्थलीमा महादेव खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–६ का निर्माण मजदुर प्रकाश पुर्कुटीको खोलाले बगाएर मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पुर्कुटीको शव जलंगाको पुलनजिक फेलापरेको थियो । उनको शव पोस्टमार्टमका लागि टिचिङ हस्पिटल महाराजगन्ज लगिएको परिसरले जनाएको छ ।
प्रकाशित समय १८:०७ बजे

















