गृहपृष्ठ आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व । तिथिको हिसाबले आजदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । असार महिनाभर खेतीपातीको कामबाट थकित कृषकले हिलोमैलो पखाली आज इष्टमित्रका साथ रमाइलो गर्ने प्रचलन छ ।
असारको हिलोबाट रोग लाग्न सक्ने खतरा रहेकाले रोगबाट बच्न राति लुतो फाल्ने प्रचलन छ । विभिन्न प्रकारकाक वनस्पतिसँगै अगुल्टो र राँको बालेर लुतो फाल्ने गरिन्छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता वनस्पति बाल्ने गरिन्छ । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिंकी कुट्ने र घरको ढोका समेत बन्द गरिन्छ ।
साउन महिनालाई हरियो महिनाको रुपमा समेत मनाइन्छ । महिलाहरुले हरियो चुरा तथा मेहन्दी लगाउने प्रचलन छ । साउन महिनाभर शिवको पुजा आराधना गर्ने परम्परा छ । साउनको सोमबार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् । आज बिहानै देखि पशुपति, भक्तपुरको डोलेश्वर महादेव, काभ्रेको धनेश्वर, लगायत शिवालयमा भक्तजनको घुइचो लागेको छ ।
प्रकाशित समय ०८:०३ बजे

















