गृहपृष्ठ डा. गोविन्द केसी र सरकारी पक्षबीच सात बुँदे सहमति, केहीबेरमा हस्ताक्षर

डा. गोविन्द केसी र सरकारी पक्षबीच सात बुँदे सहमति, केहीबेरमा हस्ताक्षर

drck-newskarobar

 

अनसरनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच सात बुँदे सहमति भएको छ । चिकित्सा शिक्षामा सुधारको मागसहित २७ दिनेदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि तीन दिनदेखि गहन छलफलमा जुटेका केसी पक्ष र सरकारी टोलीबीचको वार्ता केहीबेर अघि निष्कर्षमा पुगेको हो ।

सहमति पत्रमा हस्ताक्षर भने डा. केसीलार्इ देखाएर मात्र गरिनेछ । त्यसका लागि समहतिपत्रको ड्राफ्टसहित वार्ता टोली अनसनस्थल त्रिवि शिक्षण अस्पतालतर्फ लागेको छ । सहमितकाे ड्राफ्ट बोकेर नेकपा नेता सुवास नेम्बाङसहितको टोली अनसन स्थल जाँदै छ । डा. केसीलार्इ देखाएपछि सहमतिका बुँदा थपघट हुनसक्ने बताइएको छ । किनकि, सहमतिको अन्तिम निर्णय भने केसी स्वयंले लिनेछन् ।

यसअघि, प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न वार्तामा दुवै पक्ष सहमत भएपछि त्यसलार्इ अन्तिम रूप दिन शिक्षा मन्त्रालयमा वार्ता भएको हो ।

बुधबार बिहान भएको सहमति साँझ भाँडिएपछि राति मध्यरातसम्म सहमतिको प्रयासमा दुवै पक्ष जुटेका थिए । राति २ बजेसम्म चलेको वार्तामा केसीका मागका विषयमा दुवै पक्ष सहमतिनजिक पुगेका थिए ।

बिहीबार बिहान पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहित सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा. धर्मकान्त बाँस्कोटा र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले केसीका मागका विषयमा छलफल गरेका थिए ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु