गृहपृष्ठ बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको आज अन्तेष्ठी गरिने
बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको आज अन्तेष्ठी गरिने
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको आज अन्तेष्टि गरिने भएको छ । पीडित परिवारले शव बुुझेर अन्तेष्टि गर्ने बताएका छन् । प्रशासनले हत्या प्रकरणमा छानबिन गरि न्याय दिलाउने प्रतिबद्धता जनाएपछि आफन्तले शव बुझ्न सहमत भएका हुन् ।
शनिबार प्रशासन र पीडित परिवारबीच माग पूरा गर्ने सहमति भएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए । उनका अनुसार घटनामा संलग्नलाई छिट्टै सार्वजनिक गर्नेर राहतका लागि पहल गर्ने सहमति भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका पन्तलाई बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा बिहिबार फेला परेकी थिइन् ।
पीडित पक्ष र स्थानीय प्रशासनबीच सहमती भएपनि संयुक्त विद्यार्थी संगठनले भने बालिका हत्या विरोधमा तीन दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार महेन्द्रनगरमा बसेको ६ विद्यार्थी संगठनको बैठकले तीन दिने आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वियु, विप्लव वैद्य क्रान्तिकारी र अखिल छैटौँल संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।
प्रकाशित समय ०८:५४ बजे

















