गृहपृष्ठ क्यालिफोर्नियामा भिषण आगलागी, पाँच जनाको मृत्यु, हजारौ विस्थापित

क्यालिफोर्नियामा भिषण आगलागी, पाँच जनाको मृत्यु, हजारौ विस्थापित

सांकेतिक तस्बिर

अमेरिकाका उत्तरी क्यालिफोर्नियाको जंगलमा भिषण आगलागी भएको छ । आगोले पाँच जनाको मृत्यु भएको छ । अन्य २४ जना भन्दा धेरै सम्पर्क बिहिन भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । आगलागीको चपेटामा परेर हजारौ व्यक्ति विस्थापित भएका छन् ।

आगोलागी भएको जंगल सुख्खा क्षेत्र भएकाले आगो तिब्र गतिमा फैलिएको संचार माध्यमहरुले जनाएका छन् । जंगल भित्र रहेका झण्डै पाँच सय भवनमा क्षति पुगेको जनाइएको छ । अग्नी नियन्त्रणले गरिएका प्रयासहरु विफल भएका छन् । आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो ।

प्रकाशित समय ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु