गृहपृष्ठ आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धकाे दिवस
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धकाे दिवस
विश्वमा दुई करोडभन्दा बढी मानिस बेचबिखन
आज जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । दिवसको अवसरमा नेपालमा पनि आज विभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना गर्दैछन् । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल,डान्स रेष्टुरेन्टमा काम गराउन, लागूपदार्थ ओसारपसार र मानव अंग बेचबिखनजस्ता कामका लागि मानव बेचबिखन हुने गरेको छ ।
वर्षेनी कति मानिस नेपालबाट बेचबिखनमा पर्छन् भन्ने यकिन तथ्यांक छैन । यद्यपी, विश्वमा सवा दुई करोडभन्दा बढी मानिस बेचबिखनमा पर्ने गरेको अनुमान छ । नेपालमा सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
प्रकाशित समय ०७:५० बजे

















