गृहपृष्ठ जाजरकोटको ठाँटीबजारमा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु, एकको उद्धार
जाजरकोटको ठाँटीबजारमा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु, एकको उद्धार

जाजरकोटको भेरी नगरपालिका– ३ ठाँटीबजारमा घर पुरिँदा चार जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ । आज बिहान झरेको पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।पहिरोले तिर्थराज बोहरा र गोपाल सुनारको घर पुरिएको हो ।
तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोराको मृत्यु भएको छ । अहिले उद्धारको काम जारी छ ।
जाजरकोटमा हिजोदेखि परेको अविरल बर्षाले जनजिवन प्रभावित भएको छ । विभिन्न ठाउँमा पहिरो झर्न थालेपछि सवारी साधन पनि चलेको छैन । विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
प्रकाशित समय ०९:३० बजे