गृहपृष्ठ बालकका अपहरणकारीमाथि प्रहरीले चलायो गोली, दुई अपहरणकारी मारिए

बालकका अपहरणकारीमाथि प्रहरीले चलायो गोली, दुई अपहरणकारी मारिए

अपहरणकारीद्वारा बालककाे पनि हत्या

encounter-newskarobar

 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरमा ‘बालक अपहरणकारी’माथि गोली चलाएको छ । प्रहरीको गोली लागी २ जनाको को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझदेखि काठमाडौंको काँडाघारीका ११ वर्षीय निशान खड्का अपहरणमा परेका थिए । खड्का चमेली खड्काका छोरा हुन् ।

अपहरणमा परेका बालकको खोजीकार्यमा रहेको प्रहरी र अपहरणकारीबीचकाे मुठभेडका क्रममा २ जना अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरको डोलेश्वरमा गोली प्रहार भएको थियो । मुठभेडका क्रममा प्रहरीकाे गाेली लागि अजय तामाङ र गाेपाल तामाङकाे मृत्यु भएकाे छ ।

अपहरणमा परेका बालक खड्काको हत्या भएको छ । प्रहरीका अनुसार अपहरणकारीले बालक खड्काको हत्या गरी ठिमी नगरपालिकास्थित एक घरमा शव राखेको अवस्थामा फेला परेको हो ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु